काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। टेन्डर छपाइमा अनियमितता गरेको अभियोग लागेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवसमेत आरोपित सबैले सफाइ पाइका हुन् ।
६ महिनाअघि दायर यस मुद्दामा आइतबार विशेष अदालतले सफाइ हुने फैसला गरेको हो। शेषका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य उमेश कोइरालाको इजलासबाट यस्तो फैसला आएको हो।







