२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक 

अ+ अ-

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । 

आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले शुक्रबार (२ गते) बसेको बैठकका निर्णय सार्वजनिक गरेको हुन् । 

यस्ता छन् निर्णय :

-मानव-बाघ अन्तरसम्बन्धन व्यवस्थापन परियोजनको लागी विश्व वातावरण सुविधावाट विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने अमेरिकी डलर ३६ लाख २१ हजार ९ सय ८३ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

-स्वच्छ वायू तथा सम्वृद्धि परियोजनाको लागी सहुलियतपुर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा विश्व बैकसंग वार्त गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोलि गठन गर्ने निर्णय भएको छ ।

-नेपाल ईन्जिनियरिङ सेवा जियोलोजी समुह हाईड्रो जियोलोजी उपसमुह राप प्रथम श्रेणीका अधिकृत श्री देवकुमार स्याङ्वोलाई उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय वा त्यसअर्न्तगत पदस्थापन गर्ने निर्णय भएको छ ।

-उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय अर्न्तगत जलस्रोत तथा सिँचाई विभागमा कार्यरत सुपरिटेन्डिङ ईन्जिनियर श्री सुशिल कुमार देवकोटाले पेश गर्नुभएको राजिनामा स्वीकार गर्ने निर्णय भएको छ ।

-बुढीगण्डकी जलाशाययुक्त जलविधुत आयोजनाको वित्तिय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरिएको छ ।

-उच्च अदालतका पुर्व न्यायधिश श्री विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको वेतिथिसम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्नेृ निर्णय भएको छ ।

-नेपाली सेनाका एक जना सहायक रथीको सरुवा गर्ने र एक जना महासेनानीको सहायक रथीमा बढुवा गर्ने निर्णय भएको छ ।

-प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा श्री महोमद सफी उल्लाह रौतहटलाई मनोनयन गर्ने निर्णय भएको छ ।

-२०८२ फागुन १२ मा जापानको टोकियोमा आयोजना हुने जापान नेपाल ईम्प्लोयमेन्ट कन्फ्रेन्सको दोस्रो संस्करणमा सहभागी हुन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा दिपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

-२०८२ फागुन ४ देखी ७ गतेसम्म भुटानको थिप्पुमा संचालन हुने सेकेन्ट माउन्टेन कनेक्ट ईन्टररिजनल वर्कसप कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाश कुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

-२०८२ फागुन १२ देखी १५ गतेसम्म थाईल्याण्डमा आयोजना हुने १३ औँ प्यासिुफिक फोरम अन सस्टनएवल डेभलवमेन्ट (एपीएफएसडी) मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाश कुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।