काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अघिल्लो पटक नेकपा एकीकृत समाजवादीबाट डोटीबाट निर्वाचित भएका आले यस पटक नेकपाबाट कैलाली ५ बाट निर्वाचन लड्ने भएका हुन् ।
नेकपाका एक केन्द्रीय सदस्यले आलेलाई निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाउने पक्का भएको बताए ।
यसअघि कैलाली ४ मा हरि चौधरी उत्सव, ३ मा विरमान चौधरी र २ मा राजेन्द्र साउनको टिकट पक्का भइसकेको छ । कैलाली क्षेत्र नम्बर १ का विषयमा भने अहिले पनि छलफल जारी छ ।







