काठमाडौँ । एमाले नेता तथा पूर्वमन्त्री भीम आचार्य प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफू कतैबाट पनि उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन एमालेले बोलाएको सचिवालय बैठकअघि आचार्यले यस्तो बताएका हुन् ।
२०७९ को निर्वाचनमा सुनसरीको क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य जितेका आचार्य यसपटक चुनावमा उम्मेदवार हुने इच्छा नभएको कुरा पार्टीका सम्बन्धित निकायलाई जानकारी दिइसकेको बताएका छन् ।







