२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले भने : ‘हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ’

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले नेपालमा नेपालीकै सरकार बनाउने र अरूको सरकार बनेमा संघर्ष गरेर ढाल्ने बताएका छन्।

४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरूकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको स्पष्ट गरे।

अध्यक्ष ओलीले नेपालमा नेपालीका सरकार हुनुपर्छ भन्नेहरूका घर र पार्टी कार्यालय छानाछानी आगो लगाइएको, कार्यापालिका, न्यायपालिका र राष्ट्रका मुख्य संरचना तथा राष्ट्रिय उद्योगहरू जलाइएको उल्लेख गर्दै अहिले थिति र विधिको शासन नभई जथाभाबी शासन चलाइएको टिप्पणी गरे । 

“अहिले दुनियाँमा भइरहेको शासनको प्रतिबिम्ब नेपालमा देख्न सकिन्छ । अहिले कसैको सम्पत्ति खाएको छ भने पनि मुद्दा लाग्दैन, हिजो लागेका अभियोग सच्याइन्छ र चुनावका लागि त्यस्ता मान्छेलाई हिरो बनाइन्छ ।’’, अध्यक्ष ओलीको भनाइ थियो, “हामी नेपालमा नेपालको सरकार बनाउन चाहन्छौँ । अरूको सरकार बनाउन दिँदैनौँ । बन्यो भने ढाल्छौँ । यसबारे आजको नयाँ पुस्ता सचेत हुन आवश्यक छ, यो देश पुर्खाले लडेर स्वतन्त्र र सार्वभौम बनाएको देश हो । यसलाई बचाउनु हामी सबैको दायित्व हो ।’’

आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न उहाँको आग्रह थियो । 

निरङ्कुश पञ्चायत सरकारले सिन्धुपाल्चोकको पिस्करमा २०४० साल पुस ३० गते हत्या काण्ड गराएको घटना स्मरण गर्दै उहाँले सहिदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर नयाँ लाग्नुको विकल्प नभएको बताएका छन् ।