२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसमा नयाँ मोड: परिवारवाद र गुटको अन्त्य भएको घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले पार्टी अब परिवारवाद र गुटबन्दीबाट मुक्त भएको दाबी गरेका छन्। बुधबार राति विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र समानता, पारदर्शिता र निर्णय प्रक्रियामा नयाँ अभ्यास सुरु भएको बताए।

उनका अनुसार कांग्रेस अब कुनै व्यक्ति वा समूहको वरिपरि घुम्ने पार्टी नरहेको स्पष्ट सन्देश महाधिवेशनले दिएको छ। “क्रियाशील सदस्यदेखि सभापतिसम्म सबै बराबर छन् भन्ने मान्यताबाट नयाँ परम्परा आरम्भ भएको छ,” उनले भने। पार्टीभित्रका प्रश्न र असमझदारीलाई समयमै समाधान नगरे बाहिर जनताको न्याय गर्न नसकिने तर्क पनि उनले अघि सारे।

थापाले पूर्व सभापति शेरबहादुर देउवाको भूमिकालाई स्मरण गर्दै नेतृत्व हस्तान्तरणको बहसलाई स्वाभाविक प्रक्रिया भएको बताए। “पार्टी र सरकार कसले नेतृत्व गर्ने भन्ने निर्णय स्पष्ट गर्न आग्रह गर्नु अपराध थिएन,” उनको भनाइ थियो। उनले पार्टीलाई सही दिशामा उभ्याउने निर्णायक कदम आवश्यक रहेको पनि जोड दिए।

विशेष महाधिवेशनपछि देखिएका अन्योल हटाउन भोलि नै केन्द्रीय बैठक बस्ने र निर्वाचन आयोगमा आवश्यक अध्यावधिक गराइने थापाले जानकारी दिए। “यससँगै कांग्रेसभित्रका द्विविधा अन्त्य हुनेछन्,” उनले भने, “यो भुइँ तहका कार्यकर्ताबाट भएको सबैभन्दा ठूलो हस्तक्षेप हो।”

विशेष महाधिवेशन पक्षधर समूहबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि विश्वप्रकाश शर्मा ले सभापति थापालाई दूबोको माला लगाएर बधाई दिएका थिए।