२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-बांङ्लादेश आठौँ वाणिज्य सचिवस्तरीय बैठक ढाकामा सुरु

अ+ अ-

काठमाडौँ । नेपाल र बांङ्लादेशबीचको आठौँ वाणिज्य सचिवस्तरीय बैठक आज ढाकामा सुरु भएको छ। बैठक २०२६ जनवरी १३ र १४ तारिखमा सञ्चालन हुनेछ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले गरिरहेका छन् भने बांङ्लादेशी प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य सचिव महबुबुर रहमानले गरेका छन्।

बैठकमा द्विपक्षीय व्यापार, पारवहन, भौतिक तथा यातायात कनेक्टिभिटी र लगानीलगायत क्षेत्रहरूमा सहकार्य विस्तारका उपायहरूबारे विस्तृत छलफल हुने जनाइएको छ। विशेष गरी नेपाल-बांङ्लादेश व्यापार प्रवर्द्धनका लागि भन्सार दर, परा–भन्सार तथा गैर-भन्सार अवरोधहरू न्यूनीकरण गर्ने विषयमा छलफल केन्द्रित रहनेछ। साथै प्राथमिकतायुक्त व्यापार सम्झौतासम्बन्धी जारी वार्तालाई शीघ्र टुंगोमा पुर्‍याउने विषय पनि बैठकको मुख्य एजेन्डामा रहेको छ।

त्यसैगरी व्यापार तथा पारवहन सहजीकरण, सडक तथा रेलमार्ग कनेक्टिभिटी विस्तार, हवाई सम्पर्क सुदृढीकरण तथा अल्पविकसित मुलुकको श्रेणीबाट सहज, क्रमिक र दिगो रूपमा उक्लिने प्रक्रियामा आपसी सहकार्यका विषयमा पनि दुवै पक्षबीच विचार-विमर्श हुने बताइएको छ।

नेपाल र बांङ्लादेशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यो बैठकले द्विपक्षीय सहकार्यलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।