२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस विभाजन रोक्न अन्तिम कसरत जारी, सहमतिका लागि विश्वप्रकाशको प्रस्ताव देउवालाई बुझाइयो

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको सम्भावित विभाजन रोक्न अन्तिम कसरत जारी छ । यसैबीच महामन्त्री विश्वप्रकाश शर्माले पठाएका सम्भावित सहमतिका प्रस्तावहरू डा. शेखर कोइरालाले शेरबहादुर देउवालाई बुझाएका छन् ।

नेता कोइराला उपसभापति धनराज गुरुङ र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित देउवा निवास पुगेर फर्किएका छन् । उनीहरूले विशेष महाधिवेशन पक्षधरहरूले न्यूनतम सहमतिका लागि बुझाएका प्रस्तावमा सकारात्मक बन्न र पार्टी एकता जोगाउन सभापति देउवालाई दबाब दिएका छन् ।

‘सहमतिका लागि केही प्रस्ताव छन् । त्यो प्रस्ताव शेखरदाईले सभापतिलाई दिनुभएको छ । सभापतिले तत्काल छलफल गरेर के गर्न सकिन्छ भन्छु भन्नुभएको छ’, भेटमा सहभागी नेताले नेपाल भने । उनले सहमतिको वातावरण बिग्रन सक्ने भन्दै विशेष महाधिवेशन पक्षधरले पठाएको प्रस्ताव खुलाउन भने चाहेनन् । ‘प्रस्तावमा के छ नसोध्नुस् । ५-६ वटा बुँदा छ’, ती नेताले भने ।

शेखरसँगको भेट लगत्तै देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल सुरु गरेका छन् ।