२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । मन्त्रीबाट राजीनामा दिएपश्चात् कुलमान घिसिङ राजनीतिक गतिविधिमा सक्रिय बनेका छन् । आज उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरे ।

कुलमान र रविबीच वान टु वान कुराकानी भएको बुझिएको छ । स्रोतका अनुसार रविलाई भेट्न कुलमान उनको निवासमा पुगेका थिए । भेटवार्तामा पार्टी समायोजनका विषयमा छलफल भएको थियो । कुलमानले एकता प्रक्रिया सम्मानजनक हुनुपर्नेमा जोड दिएका छन् । कुलमानको उज्यालो नेपाल पार्टीले केन्द्रीय समितिमा हिस्सेदारी, समानुपातिक सूची संशोधनदेखि प्रत्यक्ष निर्वाचनको उम्मेदवारीसम्मका विषयमा प्याकेजमा सहमति खोजेको छ ।

पार्टी एकताको सहमतिमा हस्ताक्षर भइसके पनि रास्वपा र उज्यालो नेपालबीच धेरै कुराहरू मिल्न बाँकी छन् । केन्द्रीय समितिमा बालेनको तर्फबाट सदस्यहरू २६ गरिँदा उज्यालोको तर्फबाट समायोजन भएको छैन । कति केन्द्रीय सदस्य उज्यालोलाई दिने भन्नेमै कुरा नमिलिरहेको स्रोत बताएको छ । यसैगरी उज्यालाले समानुपातिकको बन्द सूचीमा आफ्नो पट्टिबाट समावेश भएका केही व्यक्तिहरूलाई प्राथमिकता क्रममा माथि तान्नुपर्ने अडान पनि लिएको छ ।

रास्वपा र उज्यालो नेपालबीचको सहमति पत्रमा कुलमान घिसिङलाई उपसभापति बनाउने उल्लेख थियो । तर, घिसिङ अहिलेसम्म रास्वपाको बैठकमा गएका छैनन् । पार्टी समायोजन पश्चात् मात्रै बैठकमा जाने उनले बताएका छन् ।

मन्त्रीबाट राजीनामापश्चात् उनले राजनीतिक भेटघाट तीव्र बनाइरहेका छन् । उनले हिजो आफ्नै निवासमै बसेर पार्टीका नेताहरूसँग आन्तरिक छलफल गरेका थिए ।