२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने विरोध खतिवडाको घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। 

बुधबार मकवानपुरको हेटौँडामा पत्रकार सम्मेलन गर्दै खतिवडाले प्रतिनिधि सभा निर्वाचनमा सहभागी नहुने बताएका हुन्। दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको दुवै क्षेत्रका लागि नेकपाले खतिवडाको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो।

तर उनले दुवै क्षेत्रबाट निर्वाचन नलड्ने घोषणा गरेका हुन्। पार्टीले आफूबाहेक जसलाई उम्मेदवार बनाए पनि जिताउनका लागिपर्ने बताउँदै उनले भने, ‘अब नयाँ अनुहारलाई पालो दिनुपर्छ। जेनजी आन्दोलनले नयाँ अनुहार खोजेको कुरा जगजायज छ। निर्वाचनमा होमिन्नँ तर राजनीतिबाट संन्यास लिएको भने होइन।’

खतिवडा मकवानपुरको राजनीतिमा प्राय: सधैँ जितिरहने नेताको रूपमा स्थापित अनुहार हुन्। तत्कालीन अवस्थामा नेकपा एमालेबाट ४ पटक संसदीय यात्रामा सफल भएका खतिवडा एमाले छोडेदेखि निर्वाचनले सफलता दिलाएको छैन। उनले २०७९ को प्रतिनिधि सभा निर्वाचन सहित ६ वटा निर्वाचनमा भाग लिइसकेका छन्। 

खतिवडा राष्ट्रिय पञ्चायत हुँदै प्रतिनिधिसभा सदस्यका रूपमा मकवानपुरबाट ६ पटक उम्मेदवार बनेर ४ पटक सफलता हात पार्न सफल थिए।