काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेकी छन् ।
सिंहदवारस्थित मन्त्रालयमा आज भएको उक्त भेटमा उनीहरुबीच नेपाल-श्रीलंका सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो ।
त्यसअवसरमा गृहमन्त्री अर्यालले नेपालको विकास प्रयासमा श्रीलंका सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा राजदूत डेल्पिटियाले आफ्नो कार्यकालमा दुई देशबीचको दौत्य सम्बन्ध थप प्रगाढ सुने विश्वास व्यक्त गरिन्।







