२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेन जेड आन्दोलन’ र राजनीतिक परिप्रेक्ष्यबारे सरोकारवालाबीच अन्तरक्रिया

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलन राजनीतिक दलहरूको प्रवृत्ति, नातावाद–कृपावाद र युवासँग संवादको अभावको प्रतिफल भएको सरोकारवालाहरूले बताएका छन्।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘समन्वय र सहमतिका लागि सरोकारवालाबीच’ अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले शान्ति, सामाजिक न्याय र युवा पुस्ताले भोगिरहेका चुनौतीबारे आफ्ना धारणा प्रस्तुत गरेका छन्।

कार्यक्रममा पूर्व सांसद तथा नेपाली कम्युनिस्ट पार्टीकी नेता अन्जना बिसंखेले पुराना राजनीतिक दलहरूले अझै गम्भीर हुनुपर्ने आवश्यकता औँल्याइन्। उनले भनिन्, “राजनीतिक दल समयमै जिम्मेवार नबने निर्वाचनपछिको अवस्था झन् जटिल बन्न सक्छ।”

बिसंखेले कुनै पनि पार्टीभित्र नेतृत्व र प्रवृत्तिमा परिवर्तन नआए देश गम्भीर संकटतर्फ जाने चेतावनी दिँदै जेन जेड पुस्ताका माग र सक्रियतालाई व्यवस्थित रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार, युवाको समस्या नबुझिनु नै वर्तमान असन्तोषको मुख्य कारण हो।

विश्लेषक डा. इन्द्रा अधिकारीले राजनीतिक क्षेत्रमा अपेक्षित परिवर्तन नआएको बताइन्। उनका अनुसार, जेन जेड पुस्ता र अघिल्लो पुस्ताको सोचमा भिन्नता रहेको र सत्तामा रहेका व्यक्तिहरूले युवालाई सूचनाबाट वञ्चित गर्न खोजेकै कारण जेन जेड आन्दोलन चर्किएको हो। उनले भनिन् , “सत्तामा रहेका व्यक्तिहरूका सन्तानले सहज रूपमा सेवा–सुविधा पाउँछन् भने आम युवाले पाउँदैनन्, जसले असन्तोष बढाएको छ।”

अध्ययनकर्ता रिता साहले जेन जेड आन्दोलन राजनीतिक दलहरूको प्रवृत्तिको परिणाम भएको बताइन्। उनले नातावाद र कृपावादका कारण आन्दोलन सुरु भएको र राजनीतिक दलहरूले भ्रष्टाचार संरक्षण गरेको उल्लेख गरिन्। उनका अनुसार, पार्टी नेतृत्वले वरिष्ठता त्याग्न नसक्नु र जेन जेडका माग स्वीकार नगर्नु नै आन्दोलनको मुख्य कारण हो।

साथै, उनले आगामी चुनाव नजिकिँदै गर्दा बन्ने गठबन्धन पितृसत्तात्मक रहेको र त्यसमा महिलाको सहभागिता न्यून रहेको उल्लेख गर्दै लैङ्गिक समानता व्यवहारमा लागू गर्न राजनीतिक दललाई आग्रह गरिन्।

गैरसरकारी संस्था महासङ्घकी महासचिव देवी खड्काले सामाजिक सद्भाव कायम गर्न परिवर्तन अपरिहार्य रहेको बताइन्। उनले भनिन्, “अघिल्लो पुस्ताले परिवर्तन नचाहे पनि वर्तमान पुस्ताले यसलाई गम्भीरतापूर्वक अघि बढाइरहेको छ।” खड्काका अनुसार, राज्यसत्तामा रहेका व्यक्तिहरूले युवाको सोचअनुसार अघि बढ्नुपर्ने आवश्यकता छ र निर्वाचन आचारसंहिता तथा यसको मूल्य–मान्यता नागरिकसम्म पुर्‍याउनुपर्ने हुन्छ।