काठमाडौँ । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ १ बाट उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्न तयारी सुरु गरिसकेको उनले बताएका हुन् ।
३५ वर्षदेखि ग्रेटर नेपाल अभियानमा हिँडेका नेपाल पहिलो पटक निर्वाचनमा होमिन लागेका हुन् । ग्रेटर नेपालको आवाज सार्वभौम संसदमा पुर्याउने आफ्नो मुख्य उद्देश्य रहेको उनले बताएका छन् ।
काठमाडौँ १ अघिल्लो चुनावमा काँग्रेसका प्रकाशमान सिंहले जितेको क्षेत्र हो । राप्रपाका रवीन्द्र मिश्र थोरै मतले हारेका थिए ।







