काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी बैठकमा तीन बुँदे धारणा राखेका छन्। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महाधिवेशन, निर्वाचन र आफू उम्मेदवार नबन्ने धारणा राखेका हुन्।
उनले कार्यतालिका परिमार्जन वडा र क्षेत्रको अधिवेशन गरेर पुस २६ मै महाधिवेशन गर्ने अर्का महामन्त्री गगन थापाको प्रस्तावमा समर्थन जनाए।
उनले फागुनमा चुनाव नहुने भए वैशाखमा गर्न सुझाव दिनुपर्ने मत राखेका छन्।
उनले भने, ‘फागुन २१ मा निर्वाचन गर्न उपयुक्त वातावरण बन्न सकेको छैन। चुनाव हुन कि त सरकारले वातावरण बनाउन सक्नुपर्छ कि त सर्वपक्षीय संवाद र छलफल गरेर वैशाखमा चुनाव गर्न सरकारलाई सुझाव र साथ दिनुपर्छ।’
संवैधानिक प्रश्न सम्बोधन गर्न फागुन २१ मा ७ प्रदेशको ७ क्षेत्रमा चुनाव गर्न सकिने उनको प्रस्ताव छ। उनले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने पनि जानकारी गराएका छन्।







