काठमाडौँ । जगर्नाथपुर गाउँपालिकाबाट लागू औषध गाँजासहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत बिहारको पश्चिम चम्पारण ग्राम नरकटिया वडा-११ का २६ वर्षीय सुमित कुमारलाई बुधबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय जानकी टोलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सवारी साधन चेकजाँच गर्ने क्रममा जगर्नाथपुरबाट जानकीटोलातर्फ आउँदै गरेको बीआर २२ बीएल ०६३२ भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी कुमारको शरीर खानतलासी गर्दा तीन किलो १ सय २० ग्राम गाँजा प्लास्टिकले शरीरमा बेरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट भारु २६ हजार पाँच सयसमेत फेला परेको थियो । हाल उनलाई पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धान भइरहेको छ ।







