२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटहरीमा अनुमति बिना खाद्य उत्पादन गर्दै आएका दुई उद्योग बन्द, सयौँ कार्टुन सस-भिनेगर रोक्का

अ+ अ-

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकामा अनुमति बिना खाद्य पदार्थ उत्पादन तथा बिक्री-वितरण गर्दै आएका दुई वटा खाद्य उद्योगमाथि कारबाही गरिएको छ। संयुक्त अनुगमन टोलीले खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी कानुन उल्लङ्घन गरेको ठहर गर्दै ती उद्योगको उत्पादन तथा बिक्री पूर्ण रूपमा बन्द गराएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुनसरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सुनसरी, घरेलु तथा साना उद्योग कार्यालय इटहरी, आन्तरिक राजस्व कार्यालय इटहरी र अस्थायी प्रहरी कार्यालय हलगडा, इटहरीको संयुक्त टोलीले २०८२ साल पुस १ गते अनुगमन गरेको थियो।

अनुगमनका क्रममा इटहरी-५, हलगडा चोकस्थित ‘गोर्खा फुड प्रडक्ट’ ले खाद्य अनुमति पत्र नलिई तीन वर्षदेखि उत्पादन तथा बिक्री गर्दै आएको, अन्य उद्योगको लेबल प्रयोग गरेको र खाद्य स्वच्छता मापदण्ड पालना नगरेको पाइएको छ। सो उद्योगबाट उत्पादित सस, भिनेगर र कागतीको रस गरी १४० कार्टुन (प्रत्येक कार्टुनमा १२ पिस, ७०० मिलिलिटर) उद्योगकै जिम्मामा रहने गरी रोक्का राखिएको छ। साथै, आवश्यक कागजातसहित पाँच दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यसैगरी इटहरी–४ स्थित ‘प्रख्यात फुड प्रडक्ट’ ले पनि खाद्य अनुमति पत्र नलिई दुई वर्षदेखि उत्पादन तथा बिक्री गर्दै आएको पाइएको छ। उत्पादन तथा प्रशोधन कक्ष फोहोर र अव्यवस्थित रहेको भन्दै सो उद्योगबाट उत्पादित सस र भिनेगर गरी २८६ कार्टुन (प्रत्येक कार्टुनमा १२ पिस, ७०० मिलिलिटर) रोक्का गरिएको छ। उद्योगको उत्पादन तथा बिक्री पूर्ण रूपमा बन्द गराई सात दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

सुनसरी प्रमुख प्रकाश मण्डलका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को कार्यान्वयन प्रभावकारी बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिइनेछ।

साथै विभागले पछिल्लो समय देशभर आकस्मिक अनुगमन तथा कारबाहीलाई तीव्रता दिँदै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य पदार्थमा लापरबाही नगर्न सम्बन्धित व्यवसायीलाई कडा चेतावनीसमेत दिँदै आएको छ ।

मङ्सिर दोस्रो सातातिर मात्रै ट्रान्स फ्याटको उच्च मात्रा भेटिएसँगै विभागले खजुरीको नेपालका ‘पफ’ तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको थियो भने तेस्रो साता नाङ्लो बेकरीको क्रोइसन्टमा पनि ट्रान्स फ्याट सीमा भन्दा बढी देखिएसँगै बजारबाट तत्काल फिर्ता गर्न आदेश भएको थियो ।

त्यसको केही पछि ‘चिकमस मिक्स मसला पाउडर’को गुणस्तर न्यून भेटिएपछि सोसमेत बजारबाट तत्काल फिर्ता गर्न विभागले आदेश दिएको थियो ।