काठमाडौँ । ३३ जना अधिकृतहरूलाई राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव) बढुवा सिफारिस गरिएको छ ।
न्याय सेवा आयोगको सोमबार बसेको बैठकले नेपाल न्याय सेवा अन्तर्गत न्याय समूह, कानुन समूह, सरकारी वकिल समूहका अधिकृतहरूलाई ज्येष्ठता तथा कार्यसम्पादन मुल्यांकन र कार्यक्षमता मुल्यांकनको बढुवा सिफारिस गरेको हो ।










