२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेडले बुझाएको मस्यौदामा सोमबार लिखित सम्झौता हुने

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनकारी र सरकारबीच आन्दोलनका उपलब्धि संस्थागत गर्ने विषयमा लिखित सम्झौता हुने भएको छ । 

जेन जेडले प्रस्तुत गरेको सम्झौताको प्रस्तावलाई अन्तिम रूप दिएर सोमबार हस्ताक्षरको तयारी गरिएको हो ।

आज जेन जेड प्रतिनिधिहरू र प्रधानमन्त्री सुशीला कार्कीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको थियो । छलफलमा सहभागी कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङका अनुसार सोमबारसम्ममा मस्यौदालाई अन्तिमरुप दिने वचन प्रधानमन्त्रीले दिएकी छन् ।

चाम्लिङले भने, ‘हाम्रो मस्यौदामा सम्झौता हुन किन ढिलाइ भइरहेको छ भनेर बुझ्नलाई गएका थियौँ । प्रधानमन्त्रीज्यूले सोमबारसम्ममा टुंगो लगाउने बताउनुभएको छ ।’

गत कात्तिक २८ गते जेन जेडका केही समूहहरू एक ठाउँमा आएर साझा मस्यौदा बनाएका थिए । उक्त मस्यौदा सरकारलाई बुझाइएको थियो ।

मस्यौदामा आन्दोलनका सहिद र घाइते परिवारसँग समन्वय गरेर अन्तरिम राहत र नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था सुनिश्चित गर्ने, जघन्य अपराध बाहेकका घटनामा पक्राउ परेका थुनुवालाई तत्काल थुनामुक्त गर्ने, प्रवासी नेपालीको मताधिकार सुनिश्चितता लागि पूर्वाधार विकास गर्ने, दलीय भागबण्डाका आधारमा गरिने नियुक्तिको अन्त्य गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको सम्बन्धमा देशभर बृहत् नागरिक भेला गर्ने लगायत एजेन्डा छन् ।

जेन जेडहरुले बुझाएको मस्यौदा आफूले त्यतिखेरै पढेको र सबै पक्षलाई पढ्न समेत दिएको प्रधानमन्त्री कार्कीले छलफलका क्रममा बताइन् । कार्कीको भनाइ उद्धृत गर्दै चाम्लिङले भनेँ, ‘म त साइन गर्दिहाल्छु, तर सबै पक्षलाई एक पटक हेर्न दिऊँ भनेर दिएको छु ।’

गत मंसिर १ गते नै सम्झौता हुनुपर्नेमा ढिलाइ भएपछि आफूहरू प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गएको चाम्लिङले बताए ।

उनले भने, ‘हामीले मस्यौदा बुझाएपछि अहिलेसम्म दुई(अढाई सय साथीहरू पक्राउ परिसकेका छन् । जनताले हामीलाई यो के गरेको भन्दै गाली गरिरहेका छन् । सरकारको पनि आलोचना गरिरहेका छन् । यस्तो हुनुको मूल कारण भनेको मस्यौदामा सम्झौता नभएरै हो ।’

अब मूल मुद्दालाई नबदलीकन केही प्राविधिक कुराहरूमा त्रुटि भएमा भने त्यसलाई सच्याएर सम्झौता गर्ने निर्णय भएको उनले बताए । छलफलमा जेन जेडको तर्फबाट उपार्जुन चाम्लिङ, रक्षा बम, युजनराज भण्डारी, रिजन राना मगर, मानिषा चौधरी, मोनिका निरौला र ओजस्वी थापा सहभागी थिए ।

सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता लगायत थिए ।