२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचना प्रविधिको उपयोग गर्दै नेपा: भाषा संरक्षणमा लाग्न महानगरप्रमुख महर्जनको आग्रह

अ+ अ-

पाटन(ललितपुर) । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपा: भाषा मंका खल:का नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीलाई सूचना प्रविधिको उपयोग गर्दै भाषा संरक्षणमा लाग्न आग्रह गरेका छन् । 

नेपा: भाषा मंका खल:को १४औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्न महानगरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधिले फड्को मारिरहेको युगमा नेपा: भाषा, संस्कृतिको संरक्षणलाई प्राथमिकता राखेर सबैसँग सहकार्य र समन्वयका साथ काम गर्न आग्रह गरेका हुन् । 

“मंका खल:ले भाषा, संस्कृतिको क्षेत्रमा विज्ञहरूलाई छनोट गरेर काम गर्न आवश्यक छ । ललितपुर महानगरले नेपा: भाषा संरक्षण र संवर्द्धनका लागि मंका खल:लाई जुनसुकै सहयोग गर्न तयार छ”, महानगरप्रमुख महर्जनले भने,“बजेटमा कुनै कमी हुन नदिन हामी सहयोग गर्छौं । सूचना प्रविधिको प्रयोग गरी नेपा: भाषालाई प्रवर्द्धन गर्न प्रभावकारी कदम चाल्न आवश्यक छ ।”

मंका खल:को प्रमुख उद्देश्य र दायित्व नै भाषा, संस्कृति तथा  सम्पदालाई प्राथमिकतामा राखेर काम गर्नु हो भन्दै उनले यसका लागि महानगर आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न तयार रहेको बताए । 

मंका खल:का अध्यक्ष महेन्द्रलाल महर्जनले आजभोलि नेपा: भाषाको प्रयोग कम भएकाले समस्यामा पर्दै गएको उल्लेख गर्दै आफ्नो परिवारबाट नै यसको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । उनले लोक सेवा आयोगको परीक्षामा समेत नेवारी भाषालाई समावेश गराउनका लागि मंका खलले प्रयास गर्ने बताउँदै यसका लागि महानगरलगायत सबै सरोकार भएकाहरूको सहयोग आवश्यक रहेको बताए । 

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपा: भाषा मंका खल:ले नेवारी भाषाको संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । भाषा र संस्कृति संरक्षणका लागि महानगरले स्थानीय पाठ्यक्रम लागू गरेको जानकारी गराउँदै उनले नेवारी भाषा नै लोप हुने अवस्थामा पुगेकाले भाषा र लिपिको संरक्षणमा लाग्नुपर्ने बताए। देशविदेशमा रहेका नेवारी समुदायका मानिसलाई एकताबद्ध गर्नु पनि आवश्यक रहेको उपप्रमुख बज्राचार्यको भनाइ थियो ।