काठमाडौँ । गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा पक्राउ परेका गायक धनराज बहादुर (बाबु) गिरी धरौटीमा रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतको आदेश आएसँगै उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा नीतुले शरीरमा पेट्रोल छर्केकी थिइन्।
उनको उपचार क्रममा बर्न अस्पताल कीर्तिपुरमा कात्तिक ७ गते मृत्यु भएको हो।







