२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावअघि महाधिवेशन नभए चुनावमा उम्मेदवार नहुने काँग्रेसका दुई महामन्त्रीको जिकिर 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न नसकिने अवस्था आए आगामी चुनावमा उम्मेदवार नहुने बताएका छन् ।

चुनावअघि नियमित महाधिवेशनको पक्षमा महामन्त्री थापा र शर्मालाई ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूलाई दुई महामन्त्रीले उक्त कुरा जानकारी गराएका हुन् ।

सभापति शेरबहादुर देउवा पक्षका २५ केन्द्रीय सदस्यले महाराजगञ्जस्थित अरिकल होटेलमा दुई महामन्त्रीलाई शुक्रबार बिहान १० बजेदेखि १२:३० सम्म भेटेर छलफल गरेका थिए ।

महामन्त्रीलाई चुनावअघि महाधिवेशनको ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्य आंगेलु शेर्पाले चुनावअघि महाधिवेशन गराउनै नसकिने अवस्था बने आफूहरू उम्मेदवार नबन्ने जानकारी दुई महामन्त्रीले गराएको शेर्पाले बताए ।

सभापतिसँग भेटमा सहभागी नेताहरूका अनुसार देउवाले अन्य नेताहरूसँग छलफल गर्न सुझाव दिएका थिए ।

‘नियमित महाधिवेशन भएन भएन भने विशेष महाधिवेशनको मागलाई बेवास्ता गरेर जान सकिन्न्,’ दुई महामन्त्रीको बोली उद्धृत गर्दै शेर्पाले भने, ‘पार्टीको विधान अनुसार विशेष महाधिवेशनको माग भएको छ । चुनावअघि नियमित वा महाधिवेशन गर्न सकेनौँ भने हामी चुनावमा नलड्न पनि सक्छौँ ।’

विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा केन्द्रीय कार्यालयमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको छ । काँग्रेस विधान अनुसार विशेष महाधिवेशनका लागि लिखित माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ । उक्त अवधि २८ पुसमा सकिन्छ । दुई महामन्त्रीले केन्द्रीय सदस्यहरूसँग कुरा गर्दा त्यसअघि नियमित महाधिवेशन भए विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुने बताएका थिए ।

सभापति देउवा पक्षका २५ केन्द्रीय सदस्यले सभापति देउवालाई हिजो र कार्यवाहक सभापति कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज बिहान भेटेका थिए । सभापति देउवाले चुनावअघि महाधिवेशनका लागि सकारात्मक रहेको केन्द्रीय सदस्यहरूसँग बताएका थिए । चुनावअघि नियमित महाधिवेशन गर्न माग गर्दै देउवा भेट्न गएका नेताहरूलाई सभापतिले भनेका थिए, ‘महाधिवेशन गर्ने कुरामा म सकारात्मक छु । तर, कार्यवाहक सभापति दिइसकेको हुँदा म क्रियाशील हुन्नँ ।’ अन्य नेताहरूसँग छलफल गरेर निष्कर्षमा पुग्न सभापतिले सुझाव दिएको केन्द्रीय सदस्य शेर्पाले बताए । पार्टीको नियमित कामबाट आफू बाहिर बसेको हुँदा अन्य पदाधिकारीसँग छलफल गरेर सहमति गर्न देउवाले सुझाव दिएका थिए ।

सभापति देउवाले बिहीबार भएको सिमराको घटनाप्रति नेताहरूसँग चासो राखेका थिए । चुनावी वातावरण बिग्रने चिन्ता सभापतिले राखेको भेट्न पुगेका नेताहरूले जानकारी गराएका छन् ।

सभापतिलाई हिजो भेटेका केन्द्रीय सदस्यको टोलीले बिहान कार्यवाहक सभापति खड्कालाई भेटे । कार्यवाहक सभापति खड्काले पार्टीमा विवाद र विखण्डन नहुने गरी आफू पहल गरिरहेको जानकारी गराएका थिए । चुनावअघि महाधिवेशन हुनुपर्ने मागमा रहेका नेताहरूलाई खड्काको सुझाव थियो, ‘तपाईँले मलाई मात्र भन्नुभयो । अरू नेताहरूलाई पनि सम्झाउनुस् ।’