काठमाडौँ । कोशी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदी बन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।
जेन जेड आन्दोलनको दोस्रो दिन भदौ २४ गते ठूलो सङ्ख्यामा आएका जमातले कारागारमा तोडफोड र आगजनी गर्ने प्रयास गरेको थियो ।
कारागारका प्रशासनको होसियारीले कारागारमा आगजनी हुन सकेन तर सो समयमा रहेका एक हजार ७९६ कैदी भने भाग्न सफल भएका थिए । सो दिन तीन जना कैदी बिरामी भएका कारण अस्पतालमा रहेको कारागार प्रमुख सुवास लामिछानेले जानकारी दिए ।
फरार सबै कैदीमध्ये केही आफै फर्केर आएका थिए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । फरार रहेका ५५६ कैदी बन्दीको व्यापक खोजतलास भइरहेको प्रमुख लामिछानेले बताए ।







