२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराष्ट्रपति डा यादवसँग गृहमन्त्री अर्यालको भेट

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गरेका छन् । गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा. यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले डा. यादवसँग भेटवार्ता गरेका हुन्।

त्यसक्रममा गृहमन्त्री अर्यालले उनको स्वास्थ्य अवस्था, भदौ २३ र २४ गतेको घटनालगायत विषयमा कुराकानी र आवश्यक जानकारी लिएका थिए । उनले ‘जेन जेड’ प्रदर्शनको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे बारे जानकारी गराए । 

सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम गरिरहेको भन्दै मन्त्री अर्यालले अभिभावकीय भूमिकामा रहेका पूर्वराष्ट्रपति डा. यादवलाई समाजका सबै पक्षलाई निर्वाचन उन्मुख हुने गरी प्रेरित गरिदिन आग्रह गरेका थिए ।

पूर्वराष्ट्रपति डा. यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको सराहना गरे। पूर्वप्रधान न्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्ति सामेल भएका कारण अन्तरिम सरकारले निष्पक्ष चुनाव गराउन सक्ने आफूलाई विश्वास रहेको उनको भनाइ थियो । 

पूर्वराष्ट्रपति डा. यादवले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव गराएको सन्दर्भ स्मरण गर्दै उक्त  समयमा आफू राष्ट्रपतिको भूमिकामा रहँदा देखे भोगेका अनुभव पनि सुनाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

“त्यस बेला पनि निकै प्रतिकूल समयमा चुनाव गराउन सम्भव भएको थियो । पछिल्लो अवस्थाअनुसार संविधान र लोकतान्त्रिक प्रणालीलाई बचाउँदै अनिश्चयको अन्त्य गर्न निर्वाचनबाहेक अर्को कुनै सुरक्षित बाटो नै छैन । तपाईँहरू मेहनतका साथ लागिरहनुभएको छ । यो सराहनीय पक्ष छ । निर्वाचनलाई नै अर्जुनदृष्टि मानेर अघि बढ्नुहोस् । चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ”, उनले भनेका थिए । 

पूर्वराष्ट्रपति यादवले चुनावका संवाहक दलहरू नै भएकाले हाल चुनावभन्दा दायाँबायाँ सोच्न नहुने धारणा राख्दै तटस्थ सरकार भएकाले सबै पक्षले विश्वासका साथ सहयोग गर्नुपर्नेमा जोड दिए । 

डा. यादवले भने, “तोकिएको समयमा चुनाव हुन सकेन भने भोलि अर्को ठूलो संकट आउन सक्नेतर्फ सबै पक्ष सचेत रहनुपर्छ । हालको व्यवस्था र प्रक्रिया ‘डिरेल’ भयो भने ‘प्यान्डोरा’ बक्स खुल्छ । अब दायाँबायाँतिर लाग्नुहुँदैन । तपाईँहरूले जे गरिरहनुभएको छ त्यो ठिक छ । प्रधानमन्त्रीज्यू पनि चुनावमा गम्भीरतापूर्वक केन्द्रित भएर लागेको मलाई महसुस भएको छ ।”