काठमाडौँ । रौतहटको गौर नगरपालिकामा गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।
राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरू बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो ।







