२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन कर्मचारीसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी 

अ+ अ-

काठमाडौँ । मोरङ सुनबर्षी नगरपालिका-६ को सरकारी जग्गा रंगेली मालपोत कार्यालयका कर्मचारीको सेटिङमा व्यक्तिको नाममा दर्ता गरिएको खुलेको छ । 

१७ कट्टा २ धुर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको विषयमा अनुसन्धान सुरु गरिएको छ ।

सुनवर्षी-६ को कित्ता नम्बर ११० को जग्गामा लामो समयदेखि २० घर सुकुमबासी बस्दै आएका थिए । त्यो जग्गाको पुर्जा भीमप्रसाद सिंहको नाममा बनेको खुलेपछि अनुसन्धान थालिएको हो ।

धनीपुर्जा बनाएसँगै भदौ २३ गते उनी जग्गा खाली गराउन डोजर लिएर सुकुमबासी बस्ती पुगेका थिए ।

२० वर्षदेखि बस्दै आएको जमिनबाट हटाउन खोजेपछि सुकुमबासीले प्रतिकार गरेका थिए । सो प्रकरण बाहिर आएपछि अनुसन्धानका लागि मोरङ जिल्ला अदालतले रंगेली मालपोत कार्यालयका तीन कर्मचारी र सिंहलाई पक्राउको अनुमति दिएको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार मालपोत कार्यालयका सुरक्षा गार्ड कामदेव मण्डल, नायब सुब्बा रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गाधनी भीमप्रसाद सिंहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति लिएको हो ।  

उनले भनिन्, ‘प्रहरीले उनीहरूलाई पक्राउको लागि अनुमति माग गरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।’

सुकुमबासीहरूले इलाका प्रहरी कार्यालय रंगेलीमा बुधबार ‘लिखित सम्बन्धी कसुर’मा किटानी जाहेरी दर्ता गराएका थिए ।

मालपोतका कर्मचारीहरूले आर्थिक प्रलोभनमा परेर जग्गाको अभिलेख राखिने मूल ढड्डा (स्रेस्ता) को सक्कली पाना च्यातेर भीमप्रसाद सिंहको नाममा नक्कली अभिलेख टाँसेको पाइएको छ ।