२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निरन्तर हुने कर्मचारी हेरफेरका कारण दीर्घकालीन काममा चुनौती

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आफूलाई शासक नभई सहजकर्ताको रूपमा प्रस्तुत गर्नेमा सचेत रहेको बताएका छन् ।  

बिहीबार मन्त्रालयमा आयोजित कर्मचारी बैठक तथा तीज शुभकामना कार्यक्रममा बोल्दै उनले भने, “म तपाईँहरूको शासक नभई सहजकर्ताको रूपमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा सचेत छु। मन्त्री एक्लैले केही गर्न सक्दैन, तपाईँहरूको साथ–सहयोगले मात्रै परिणाम आउँछ।”

मन्त्री पाण्डेले कार्यसम्पादन सम्झौताअनुसार अघि बढे मात्र जनतालाई सेवा प्रवाहमा ठोस उपलब्धि निकाल्न सकिने विश्वास व्यक्त गरे। उनले निरन्तर हुने कर्मचारी हेरफेरका कारण दीर्घकालीन काममा चुनौती आउने बताए ।  

उनका अनुसार कानुनी संशोधनपछि पर्यटन क्षेत्र उद्योग सरह सेवा-सुविधाले उत्साहित बनेको छ। सीमित बजेट भए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई राष्ट्रकै ठूलो सम्भावना बोकेका आधार स्तम्भका रूपमा अघि बढाउनुपर्ने धारणा उनको थियो । उनले पर्यटन नीति कार्यान्वयनले उत्साह जगाएको, नयाँ हवाई नीति तयारी भइरहेको र कानुनी सुधारका प्रक्रिया निरन्तर अघि बढाइरहेको जानकारी दिए ।  

त्यस अवसरमा मन्त्री पाण्डे र सचिव हरिप्रसाद मैनालीबीच आर्थिक वर्ष २०८२/०८३ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। कार्यक्रममा मन्त्री पाण्डेले कर्मचारीलाई जिम्मेवारीप्रति इमानदार र नतिजामुखी हुन निर्देशन दिए ।  

गत वर्ष जर्मनीको बर्लिनमा “वर्षको उत्कृष्ट पर्यटन मन्त्री” सम्मान पाएको, सांस्कृतिक संस्थान नाफामा पुगेको तथा छोटो अवधिमा मन्त्रालयले नीतिगत सुधार अघि बढाएको उपलब्धि स्मरण गर्दै उनले भने, “हाम्रो स्वार्थ देश र जनताको हित मात्र हो। अहिले ७७ प्रतिशत कार्यसम्पादन मूल्यांकनसहित चौथो स्थानमा छौँ, अब पहिलो बन्ने गरी अघि बढ्नुपर्छ।”