२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिपुलेकबारे भारतको अभिव्यक्तिप्रति अनेरास्ववियुको आपत्ति

अ+ अ-

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले लिपुलेकबाट भारत र चीनबीच सीमा व्यापार सञ्चालन गर्ने सम्झौताप्रति आपत्ति जनाएको छ।

अध्यक्ष डा. सुजन कडरियाले विज्ञप्ति जारी गर्दै भारतले लिपुलेकमाथि नेपालको दाबी स्वीकार्य नहुने भन्दै दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

विज्ञप्तमा भनिएको छ, ‘नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापार सञ्चालन गर्ने सम्बन्धमा नेपालसँग कुनै सहमति बिना दुई देशबीच भएको सम्झौता र सो सम्बन्धमा भारतको विदेश मन्त्रालयका प्रवक्ताद्वारा प्रकट गरिएको धारणाप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेपालको संविधानले आधिकारिक नक्सा मार्फत महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालको अभिन्न भू–भागको रूपमा स्पष्ट रूपमा समावेश गरिसकेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र नेपाल–नेपाली जनताको सार्वभौमिक अधिकार विपरीत हुने यस किसिमका गतिविधिले नेपालका विदेश नीतिको प्राथमिकतामा रहेको मैत्रीपूर्ण छिमेक सम्बन्धमा गम्भीर असर पर्न सक्ने हुँदा यथाशीघ्र उक्त विषय सच्याउन माग गर्दछौँ।’

अनेरास्ववियु दुवै छिमेकी मुलुकलाई ऐतिहासिक तथ्य र मित्रवत् सम्बन्धको मर्मलाई ध्यानमा राखी नेपालको सार्वभौमिक अधिकारलाई सम्मान गर्ने बताएको छ। नेपालको राष्ट्रियता र स्वाभिमानको बर्खिलाप हुने क्रियाकलापको प्रतिकारमा उत्रिन अनेरास्ववियुले चेतावनी दिएको छ।

अनेरास्ववियुले यसबारे यथाशीघ्र ठोस कूटनीतिक पहल गर्न समेत सरकारलाई आग्रह गरेको छ।