२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री अधिकारीको प्रष्टीकरण : ‘सहकारी नियमन प्राधिकरण पूर्ण स्वायत्त हुन्छ’ 

अ+ अ-

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी नियमन प्राधिकरणलाई पूर्ण स्वायत्त निकायका रूपमा अगाडि बढाइने स्पष्ट पारेका छन् ।

सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनका अनुसार राष्ट्र बैंक सहकारी क्षेत्रको आफ्नै निकाय नभई सहयोग र सपोर्ट मात्र गर्ने हो भने सहकारी नियमन, समाधान र सञ्चालनका लागि सरकारकै मातहतका स्वायत्त निकायहरूलाई जिम्मेवारी दिइएको हो ।

‘राष्ट्र बैंकले सहयोग मात्र गर्ने हो । सहकारीको क्षेत्रमा काम गर्ने हाम्रा आफ्नै निकायहरू छन् । विभाग छ, प्राधिकरण छ । स्वायत्त प्राधिकरण बनेको हुनाले त्यसकै आधारमा नियम विधि बनाएर अघि बढ्छौँ ।’

सहकारी नियमन प्राधिकरण, कर्जा असुली न्यायाधिकरण र समस्याग्रस्त सहकारी समाधान समिति तीन वटा निकायलाई सञ्चालनमा ल्याइएको मन्त्री अधिकारीले जानकारी दिए । सहकारी बोर्डलाई प्राधिकरण भित्र गाभिएको र विभाग तथा प्रशिक्षण केन्द्रलाई पनि एकीकृत गर्ने गरी छलफल भइरहेको उनले जानकारी दिए ।

समस्याग्रस्त सहकारीको अवस्थाबारे उनले हालसम्म ६,७०० जनालाई पूर्ण भुक्तानी र ५६ हजारभन्दा बढीलाई आंशिक भुक्तानी दिइसकिएको उल्लेख गरे । २४ वटा सहकारी समस्याग्रस्त घोषणा भइसकेको र केहीको समाधान भइसकेको उनले बताए ।

अन्य समस्यामा रहेका सहकारीहरूको समेत खोजी तथा पहिचान गरी तिनीहरूको समस्या समाधान गर्न मन्त्रालय लागि परेको उनले जानकारी दिए । सहकारीलाई राष्ट्रको आर्थिक मेरुदण्डका रूपमा सुदृढ बनाउन प्राधिकरणलाई सक्रिय र प्रभावकारी ढंगले अघि बढाइने मन्त्री अधिकारीको भनाइ छ ।