२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘८४ को चुनावमा आफ्नो विचारको बलमा प्रतिस्पर्धा गर्छौँ’ : ‘विप्लव’

अ+ अ-

काठमाडौँ। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अब नेपालमा एउटा केन्द्रीकृत र सही विचार बोकेको कम्युनिस्ट पार्टीको आवश्यक रहेको बताएका छन्।

सबै कम्युनिस्ट र माओवादी शक्तिहरूबीच गहिरो बहस गरेर नयाँ ध्रुवीकरण आवश्यक रहेको उनले बताएका हुन्।

पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो कुनै पार्टीमा गएर मिल्ने वा कसैलाई खाने कुरा होइन, यो त देशको आवश्यकता हो। माओवादी आन्दोलनलाई एकताबद्ध गर्न हामी तयार छौँ। तर अहिलेकै वरिपरि घुमेर होइन, नयाँ विचार र नयाँ आधारमा एकता आवश्यक छ।’

आगामी २०८४ को चुनावमा आफ्नो पार्टीले पैसाको बलमा नभई विचार र व्यवहारको बलमा प्रतिस्पर्धा गर्ने बताए। देशका प्रमुख राजनीतिक दलहरूले समाजवादको नारालाई खोक्रो बनाएको र व्यवहारमा दलाल पुँजीवादलाई संरक्षण दिइरहेको उनले बताए।

नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा युवाहरूमा चरम निराशा छाएको र देश दलाल, तस्कर र मानव बेचबिखन गर्नेहरूको चंगुलमा फसेको आरोप लगाए।

उनले थपे, ‘अहिले कस्तो अवस्था छ भने काँग्रेसभित्रको भ्रष्टाचारको कुरा अर्को काँग्रेसले नै भन्छ, एमालेका नेताहरूले एक अर्कालाई भ्रष्टाचारीको सूची सार्वजनिक गर्छन्, माओवादीभित्र कोही अरबपति भइसक्यो, कोही सडकमा छ भन्ने बहस छ। यो सबै देख्दा जनता वाक्क भएका छन्। त्यसैले पुराना पार्टी र पुराना नेता काम छैनन् भन्ने आवाज बजारमा आएको छ।’