काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका अधिकृत र सर्वेक्षक रहेको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ ।
अख्तियारले आइतबार नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी, सर्भेक्षकद्धय लोकेन्द्र सिंह धामी र संजिव कुमार यादवसहितका प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
उनीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी अदालतमा पुनरावेदन गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
हेर्नुहोस् पत्र








