२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोदीसँग वार्ता गर्न प्रधानमन्त्री ओली सैनिक विमानमा बोधगया जाने

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली यसपटक भारत भ्रमणमा नेपाली सेनाको विशेष विमानबाट जाने तयारी भएको छ ।

परम्परागत भ्रमणभन्दा फरक यसपटक दुवै देशका प्रधानमन्त्रीबीच बोधगयामा भेटवार्ता हुने भएकाले काठमाडौँबाट सिधै सेनाको हेलिकोप्टरमा जाने तयारी भएको हो ।

प्रधानमन्त्रीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्ता लिएर विदेश सचिव विक्रम मिश्री आज काठमाडौँ आइपुगेका छन् । यता नेपाली सेनाको विमानबाट प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक अनुमति लिने प्रक्रिया पनि सैनिक मुख्यालयले अघि बढाएको छ ।

सेनासँग भिआइपी सवारीको लागि अन्तर्राष्ट्रिय उडान भर्ने एउटा विशेष विमान रहेको छ । प्रधानमन्त्री ओली र मोदीबीच गौतम बुद्धले बोधिसत्व प्राप्त गरेको ऐतिहासिक तथा धार्मिक सहर बोधगयाको महाबोधि सांस्कृतिक केन्द्रमा द्विपक्षीय वार्ता तथा सम्झौताहरू हुने तयारी छ ।

भदौ ३१ देखि असोज २ गतेसम्म प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको छ । बोधगया नेपालको छिमेकी विहार राज्यमा पर्छ । यसअघि भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जन्मस्थल लुम्बिनीमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गरेका थिए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले एसियाकै सबैभन्दा प्राचीन नालन्दा विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रम समेत तय भएको छ । मोदीसँग भेटवार्तापछि नालन्दा विश्वविद्यालय भ्रमण गरेर त्यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्ने स्रोतले जनाएको छ । इस्वी सन् ४२७ तिर गुप्त सम्राट कुमार गुप्त प्रथमले स्थापना गरेको नालन्दा विश्वविद्यालय विश्वकै पहिलो आवासीय विश्वविद्यालय मानिन्छ । यसमा बौद्ध दर्शन,चिकित्सा,गणित, खगोलशास्त्र, राजनीति र साहित्य अध्यापन हुन्थ्यो ।

सन् ११९३ मा मुस्लिम आक्रमणकारी बख्तियार खिलजीले नालन्दा विश्वविद्यालयमा आक्रमण गर्दा विशाल पुस्तकालय धर्मगञ्जलगायत सबै जलेर नष्ट भएका थिए ।

प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल बोधगयाको ह्यात प्यालेस होटेलमा रहने गरी २ दिन सो होटेल खाली गराइने भएको छ । भारतीय विदेश मन्त्रालयले २ दिनका लागि सो होटेल भारत सरकारको नाममा बुक गरिसकेको भारतीय दूतावास स्रोतले जनाएको छ ।