२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा उत्कृष्ट अभ्यास गर्ने सात प्रतिष्ठान सम्मानित

अ+ अ-

काठमाडौँ । सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गर्ने सातै प्रदेशका सात वटा प्रतिष्ठान सम्मानित गरेको छ । 

आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रत्येक प्रदेशबाट एक/एक गरी सात प्रतिष्ठानलाई सम्मानित गरिएको हो । 

मन्त्री शरदसिंह भण्डारीले कोशी प्रदेशका बुट्टाबारी टि प्रालि, मधेसको डाबर नेपाल प्रालि, बागमतीको वरुण विभरेज (नेपाल) प्रालि, गण्डकीको गोर्खा ब्रुअरी प्रालि, लुम्बिनीको विजय डिष्टिलरी प्रालि, सुदूरपश्चिमको महाकाली सुगर इ प्रालि र कर्णालीको शुभ होटेल प्रालिलाई सम्मान पत्र वितरण गरे ।

सोही कार्यक्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रवर्द्धन, अनुसन्धान, नीतिगत परामर्श र सचेतनामूलक गतिविधिमा योगदान पुर्‍याउने प्रा. डा. सुनिलकुमार जोशीलाई कदर पत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुने प्रतिष्ठानहरूलाई बधाई दिँदै मन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको समुचित प्रबन्धबाट श्रमिकको उत्पादकत्व अभिवृद्धि हुने बताए ।

उनले यसको अभ्यासबाट मुलुकको समग्र आर्थिक एवं सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै सबै प्रतिष्ठानलाई कार्यस्थल स्वास्थ्य, सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन आह्वान समेत गरे ।  मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले विगतको अभ्यास, अनुभव र कमीकमजोरीका आधारमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको स्थितिमा सुधार गर्दै लग्नुपर्नेमा जोड दिए । यसको अभ्यासले  स्वयं प्रतिष्ठानको सफलता निर्धारण गर्ने उनको भनाइ थियो ।   

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणि पाण्डेले सम्मानित हुने प्रतिष्ठानहरूलाई २० वटा मापदण्डका आधारमा चयन गरिएको जानकारी दिए । उनले यस सम्मानले आगामी दिनमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका क्षेत्रमा योगदान पु¥याउन अन्य प्रतिष्ठानलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।