२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको शिविरबाट ६ हजार तीर्थयात्री लाभान्वित

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले जनैपूर्णिमालाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य सहायता शिविरबाट ६ हजार २३३ तीर्थयात्री लाभान्वित भएका छन् ।

बाजुरास्थित ईश्वरीबक्स गुल्मबाट बडीमालिका मन्दिर जाने तीर्थ यात्रुलाई लक्षित गरी परिचालित चिकित्सकसहितको स्वास्थ्य टोलीले ८५८ जनाको स्वास्थ्य परीक्षण गरी औषधि उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 बागलुङ ढोरपाटनस्थित दुर्गा भञ्जन गुल्मबाट ढोरबराह क्षेत्रमा ४१७ जना तथा ओखलढुंगास्थित दुर्गाबक्स गणबाट सोलु दूधकुण्डमा ३५६ तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध गराइएको पनि सेनाले जानकारी दिएको छ ।

यस्तै लमजुङस्थित चण्डीप्रसाद गणबाट दूधपोखरीमा १३० तथा रसुवास्थित श्रीनाथ गणबाट गोसाइँकुण्ड जाने विभिन्न आठ स्थानमा खटिएको विशेषज्ञ चिकित्सकसहितको टोलीले चार हजार १९० जनालाई स्वास्थ्य सहायता उपलब्ध गराएको छ । भक्तपुर जिल्लास्थित रणशेर गणबाट डोलेश्वर महादेव मन्दिरमा २८२ जनाको प्राथमिक उपचार एवं सामान्य स्वास्थ्य परीक्षण गरिएको पनि निर्देशनालयले जनाएको छ । 

तीर्थयात्राका क्रममा जटिल स्वास्थ्य समस्या भएका तीर्थालुमध्ये दूधकुण्डबाट चार, गोसाइँकुण्डबाट ६ तथा बडीमालिकाबाट सात जनालाई स्ट्रेचरमार्फत उद्धार गरिएको थियो । त्यसमा अक्सिजनको कमी भई गम्भीर बिरामी भएका पाँच जनालाई सात सिलिन्डर अक्सिजन प्रदान गरिएको सेनाले जनाएको छ । बडिमालिकाबाट त्रिवेणी पाटन जाने क्रममा यही साउन २२ र २३ गते विष्णुपानीको भिरबाट लडेका ५२ वर्ष र ७५ वर्षका पुरुषको शव निकाली परिवारलाई हस्तान्तरण गर्ने क्रममा सेनाको हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याइएको निर्देशनालयले जनाएको छ ।