२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बजेट विनियोजनमा सुधार आवश्यक छ’: मुख्यमन्त्री कँडेल

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजनसम्मको प्रक्रियामा थप सुधार आवश्यक भएको बताएका छन् ।

सुर्खेतमा मंगलवार आयोजित ‘आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१’ र ‘कर्णाली प्रदेश आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१’ को प्रारम्भिक मस्यौदामाथि छलफल उनले विगतको अभ्यासबाट पाठ सिक्दै आगामी वर्षको बजेट निर्माणमा थप सुधार गर्नुपर्नेमा जोड दिए ।

विकास र निर्माणमा गर्ने आ-आफ्नो बजेट भए पनि सबै तहका सरकार र निकायबीच सहकार्य अपरिहार्य रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनले प्रदेश सरकार, स्थानीय सरकार र संघ सरकारबीचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनोट, कार्यान्वयन र मूल्यांकनमा एकरूपता र पारदर्शिता हुनु जरुरी रहेको उल्लेख गरे ।  

नेपाली काँग्रेसका सचेतक हिक्मत विष्टले जिल्लाबाट आयोजना सिफारिस गर्दा गहिरो अध्ययन नभएको कारण बजेट निर्माण जटिल भएको भन्दै अब संकलनमुखी होइन, आवश्यकता र प्रभाव आधारित आयोजना छनोट गरिनुपर्नेमा जोड दिए।

नेकपा (एमाले)का सचेतक टेकराज पछाइले कार्यविधिको निर्माणले कर्णालीमा सुशासनको सकारात्मक संकेत दिएको बताउँदै विगतमा भएका कमजोरीलाई सुधार गर्दै परिणाममुखी योजना कार्यान्वयनको कार्यविधिले आधार तयार गरिएको उल्लेख गरे । 

त्यस्तै, नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले प्रस्तुत कार्यविधि र मापदण्डप्रति सन्तोष व्यक्त गर्दै यसलाई अझ सरल बनाउन गर्न सुझाव दिइन् । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले छलफलमा उठेका सुझावहरूको अध्ययन गरी कार्यविधि र मापदण्डमा आवश्यक संशोधन गरिने जानकारी दिए । 

कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेश सरकारका मन्त्रीहरू, कर्णाली प्रदेशसभा सदस्यहरू, गाउँपालिका महासंघ र नगरपालिका महासंघका अध्यक्ष, मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो ।