२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री आलीको दाबी : ‘नेपाललाई मेस्सी-रोनाल्डो जन्माउने देश बनाउँछौँ’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भविष्यमा पेले, मेस्सी र रोनाल्डोजस्ता विश्व स्तरीय खेलाडी उत्पादन गर्ने देशको रूपमा विकास गर्ने महत्त्वाकांकी लक्ष्य रहेको बताएका छन्।

उनले फुटबलको जगलाई बलियो बनाउन सरकारले पूर्वाधार निर्माणमा कुनै कसर बाँकी नराख्ने उद्घोष गर्दै भक्तपुरमा ५० हजार दर्शक क्षमताको विशाल अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरे।

बिहीबार दशरथ रंगशालामा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले पेलेदेखि लिएर अहिलेका मेस्सी, रोनाल्डो वा एमबाप्पेसम्मको दाँजोमा पुग्न सक्ने र त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू नेपालले उत्पादन गर्ने लक्ष्य लिएको छ।’

उनले फुटबल अभावमा बालबालिकाले अभ्यास गर्न नपाइरहेको अवस्थालाई अन्त्य गर्न ‘फुटबल फर स्कुल’ कार्यक्रम कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे। कार्यक्रममार्फत देशभरका एक हजारभन्दा बढी विद्यालयमा फुटबल वितरण गरिने र यसबाट ६ लाखभन्दा बढी विद्यार्थी लाभान्वित हुने उनले बताए।

पूर्वाधार विकासबारे बोल्दै प्रधानमन्त्रीले भने, ‘अब छिट्टै नै हामी भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अट्ने रंगशाला निर्माण गर्न लागिरहेका छौँ।’ उनले कार्यक्रममा उपस्थित बालबालिकालाई सम्बोधन गर्दै भने, ‘तिमीहरू हुर्किँदासम्म, खेलाडी हुँदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भइसकेको हुनेछ।’

उनका अनुसार, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने पोखरा, सुर्खेत, धनगढी, झापा र दमकमा पनि नयाँ रङ्गशाला निर्माणको काम अघि बढेको छ।

प्रधानमन्त्री ओलीले खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र नभई अनुशासन, मित्रता र जीवनोपयोगी सीप सिकाउने बताउँदै ‘निरोगी नेपाल निर्माण’ गर्ने सरकारको राष्ट्रिय अभियानमा खेलकुदले महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राखेका छन्।

उनले यस अभियानले भविष्यका लागि महान् खेलाडी उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।