२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माले भने-‘वन क्षेत्र जोगाउन साझा मत बनाऔँ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले दुई दिन धेरै समय लगाएर भए पनि आगामी दिनमा प्रश्न नउठ्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका छन्।

भूमि विधेयकबारे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा धारणा राख्दै काँग्रेस महामन्त्रीसमेत रहेका शर्माले भने, ‘बरु दुई दिन समय लगाएर भए पनि आगामी दिनमा गम्भीर प्रश्न उठ्न नसक्ने गरी कानुन बनाउनु पर्छ।’

उनले सरकारको नियतमा शंका नरहे पनि भविष्यमा दुरुपयोग नहोला भन्न नसकिने बताए।

‘आगामी दिनमा वन क्षेत्रको आकार झनै घटेर जान्छ। भएको वन क्षेत्रलाई जोगाउन कुरामा कतै कमी कमजोरी हुन दिनु हुँदैन। अति वृष्टिको पीडा हामीले भोगिरहेका छौँ। यसलाई फिर्ता लिनुपर्छ भनेर पनि राजनीतिक दलहरूको कुरा आएको छ। यसमा साझा मत बनाउने प्रयास गरौँ,’ उनले भने।

दल र प्रदेशसँगको संवादमा सरकारले गम्भीरता राख्नुपर्ने उनले बताए। ‘एउटा कुराका लागि लिएको जमिन अर्को कामका लागि प्रयोग गर्न पाउने व्यवस्था हटाउनु पर्छ,’ उनले भने।