काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भक्तपुरको सुकुम्वासी बस्तीमा डुबान रोक्न अस्थायी तटबन्ध लगाउने भएको छ ।
श्रम तथा उत्पादनमा वाईसीएल अभियानको निरन्तरतास्वरुप यो कार्यक्रम गर्न लागिएको वाईसीएलले जनाएको छ ।
मनोहरा सुकुम्वासी बस्तीमा बाढी पसेर दिने सास्ती तथा बस्तीमा हुने डुबान रोक्न अस्थायी तटबन्ध लगाउने कार्यक्रम रहेको वाईसीएलले जनाएको छ ।
वाईसीएलले मंगलबार बिहान ८ बजे भक्तपुरको मनोहरास्थित सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध लगाउन लागेको हो ।







