२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चक्रपथ विस्तारको काम सधैँ रोक्ने हो भने विकल्प खोजौँ’-सांसद ज्वाला

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कलंकी-नारायणगोपाल चोक-कोटेश्वर चक्रपथ विस्तारको काम छिटो अगाडि बढाउन नसक्ने विकल्प खोज्नुपर्ने प्रस्ताव राखेका छन् ।

शुक्रबार सिंहदरवारमा बसेको संसद्को पूर्वाधार विकास समितिको बैठकमा सांसद ज्वालाले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सधैँ ‘होल्ड’ मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताए ।

सांसद ज्वालाले सर्वसाधारणलाई प्राविधिक कुरा वा सरकारी प्रक्रियासँग सरोकार नभएको भन्दै सबैले छिटो परिणाम खोजेको स्पष्ट पारे ।

‘तुरुन्तै अगाडि बढ्छ भन्ने वचन सधैँ आइरहने तर ठोस रूपमा अगाडि नबढ्ने, यो समस्या हामीले पहिल्यैदेखि भोग्दै आएको हो’ उनले भने, ‘खासै काम अगाडि बढेको देखिँदैन । प्रक्रियागत झमेला, ढिलाइ, यो असाध्यै झन्झटिलो देखिन्छ ।’

काम सुरु हुने हो भने कहिलेदेखि हुने र नहुने भए विकल्पका लागि तयार रहन पनि उनले आग्रह गरे ।

उनले भने, ‘यसको डिटेल, प्रक्रिया बताए पनि मूल सरोकार यसको ढिलाइ किन भयो, छिटो काम सुरु हुनुपर्‍यो भन्ने हो । टेक्निकल कुरामा जानु परेन । छिटो काम सुरु हुनुपर्‍यो । अब नहुने हो भने विकल्प खोज्नुपर्‍यो । होल्डमा मात्रै राख्न भएन ।’

सांसद ज्वालाले राजधानीकै सडकको बेहाल हुनु लाजमर्दो कुरा भएको बताए । उनले दुर्गमतिर, कर्णाली वा सुदूरपश्चिमतिर झन् कस्तो अवस्था होला भन्दै प्रश्न गरे ।