२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुनजन्य विपद्का घटनाबाट हुने क्षति कम गर्न चीन सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा मनसुनजन्य विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न चीन सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् । 

मन्त्रालयमा बिहीबार आयोजित ‘मनसुनजन्य विपद्को पूर्वतयारी र व्यवस्थापनसम्बन्धी कार्यक्रम-२०८२’ मा बोल्दै मन्त्री खड्काले नेपाल-चीनबीच प्राविधिक तथा सूचना आदानप्रदानमा सहकार्य गर्नुपर्नेमा जोड दिएका हुन्।

नेपालका अधिकांश नदीहरू चीनको भूभागबाट आउने भएकाले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका पूर्वसूचना तथा रोकथामका लागि दुवै देशबीच प्राविधिक तथा सूचना आदानप्रदानमा सहकार्य गर्नुपर्नेमा ऊर्जा मन्त्री खड्काले जोड दिए ।

‘बाढीको पूर्वसूचना नभएर ठूलो क्षति हुन्छ, पानी नदेखिए पनि ताल फुट्दा वा हिमताल विस्फोट हुँदा एक्कासी बाढी आउँछ,‘ मन्त्री खड्काले भने, ‘यदि मौसम पूर्वानुमान प्रणालीमा ‘साइरन सिस्टम’ जडान गरिएको भए क्षति न्यूनीकरण गर्न सकिन्थ्यो ।’

उनले नेपालमा रहेका हिमतालहरूको संरक्षणलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै चीनतर्फ रहेका हिमताल फुट्दा त्यसको असर नेपालमा प्रत्यक्ष रूपमा देखिने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको बताए ।

पूर्वसूचना प्रणाली अझै प्रभावकारी नभएको उल्लेख गर्दै मन्त्री खड्काले जलविद्युत् आयोजनादेखि सिँचाइ नहरसम्म सम्बन्धित निकायले पूर्वसूचना केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए । ‘सरकारसँग स्रोतसाधनको अभाव छ, तर पूर्वसूचनाको पहुँच सबैमा हुनुपर्छ,’उनले भने ।

बाढी पहिरोबाट भएको क्षतिको पुनर्निर्माणमा सहजता ल्याउन आवश्यक सामग्री भन्सार छुटमा खरिद गर्न अर्थ मन्त्रालयसँग छलफल गरिने पनि उनले जानकारी दिए । साथै, कार्यकुशल कर्मचारीलाई पुरस्कार दिन सकिने व्यवस्था मिलाइनुपर्ने धारणा उनले राखे ।

मन्त्रालयका सचिव सरिता दवाडीले विपद् व्यवस्थापनमा एकीकृत प्रणाली आवश्यक रहेको बताउँदै हिमाली तथा पहाडी क्षेत्रमा थप मापन स्टेसन स्थापनाको खाँचो औँल्याइन् । जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्रले प्राकृतिक प्रकोप न्यूनीकरणमा पूर्वतयारी अपरिहार्य रहेको उल्लेख गर्दै चीनसँगको मौसम विज्ञान तथा जलसम्बन्धी सहकार्य अझ सुदृढ गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले रसुवागढी, चिलिमे, त्रिशूली थ्री बी जस्ता जलविद्युत आयोजना र सबस्टेशनमा ठूलो क्षति पुर्‍याएको जानकारी गराए ।

ऊर्जा मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले तीनै तहका सरकारबीच समन्वयबिना विपद् न्यूनीकरण असम्भव हुने बताए । उनले समयमै सूचना प्रवाह गर्न सके क्षति घटाउन सकिने स्पष्ट गरे। उनका अनुसार मौसम पूर्वानुमान महाशाखा, गृह मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह र प्रभावित क्षेत्रका जनताबाट प्राप्त सूचना समन्वय गरेर प्रभावकारी पूर्वसूचना प्रणाली निर्माण गर्न सकिनेछ ।

सरकारको योजना विपद् सधैँ आउने स्थायी प्रक्रिया हो भन्ने बुझेर दीर्घकालीन तयारीसहितको रणनीति अवलम्बन गर्नु हो, जसमा अन्तरदेशीय सहकार्य विशेष गरी चीनसँगको समन्वय महत्त्वपूर्ण ठहरिएको छ।