काठमाडौँ । नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन् । भ्रष्टाचार मुद्दा खेपिरहेकी पहाडी मंगलवार बिहान विशेष अदालतमा उपस्थित भएकी हुन् ।
अदालतमा उपस्थित भएसँगै न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान हुँदैछ । बयानपछि थुनछेक बहस सुरु हुनेछ ।
गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी थिइन् ।







