२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई कार्यकाल र ७० वर्षे हटाइसकेको महासचिव पोखरेलको दाबी

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणाले यतिखेर पार्टीमा तरंग ल्याएको छ । भण्डारी आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिसहित अघि बढेको बुझाइसहित संस्थापन पक्षका नेता असन्तुष्ट सुनिन थालेका छन् ।

भण्डारीको सक्रियतासँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित केही नेताले दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेर हदको कुरा बहसमा ल्याएका छन् । नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन दिएका महासचिव शंकर पोखरेलले भ्रम र वास्तविकता भन्दै दुई वर्षे कार्यकाल र उमेर हद दुवै सर्वसम्मत रूपमा हटाइसकेको दाबी गरेका छन् ।

विधान महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशनपश्चात् प्रकाशित विधानमा देखिएको अन्तरलाई आधार बनाएर विधानमा छलछाम भनेर प्रचार गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

पोखरेलले भनेका छन्, ‘जबकि राष्ट्रिय महाधिवेशन अघि बसेको केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशनबाट पारित विधानमा संशोधन गर्ने प्रस्ताव राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको थियो । उक्त निर्णय प्रस्तावलाई महाधिवेशनमा प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो । त्यसमा केन्द्रीय कमिटीको आकार बढाउने र दुई कार्यकालको व्यवस्था हटाउने कुरा प्रमुख प्रस्तावका रूपमा रहेको थियो ।’

सोही संशोधित विधानको व्यवस्था अनुरूप डा. पुष्प कँडेल तेस्रो कार्यकालका लागि लेखा आयोगको अध्यक्षमा निर्वाचित भएको उनले उल्लेख गरेका छन् ।

७० वर्षे उमेर हदको विषय भने पार्टी प्रवेशलाई व्यवस्थापन गर्ने सन्दर्भमा सचिवालयको निर्णय प्रस्ताव मार्फत केन्द्रीय कमिटीबाट हटाइएको पोखरेलको प्रष्टीकरण छ ।

महासचिवको यस्तो दाबी आएपछि स्थायी कमिटी सदस्य कर्ण थापाले विधानबारे तर्क-कुतर्क गरिएको भन्दै तथ्यमा उभिएर बहस गर्न भनेका छन् ।

उनले छापिएका तीन विधान फेसबुकमा राख्दै लेखेका छन्, ‘विधान निर्माण र संशोधनको सर्वोच्च निकाय विधान महाधिवेशन नै हो । विधान राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रस्तावबाट निर्देशित हुन्छ भन्नेमा त कहीँ विवाद नै छैन ।’