२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बूढानीलकण्ठको बजेट: पर्यटन, पूर्वाधार र सुशासनमा जोड

अ+ अ-

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ४४ करोड रुपैयाँको महत्वाकांक्षी बजेट सार्वजनिक गरेको छ। “स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बूढानीलकण्ठ” को नारालाई आत्मसात् गर्दै नगर उपप्रमुख अनिता लामाले नगरसभाको छैटौं अधिवेशनको तेस्रो बैठकमा यो बजेट प्रस्तुत गरिन् । यो बजेटले गुणस्तरीय स्वास्थ्य, शिक्षा, दिगो पूर्वाधार, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र सुशासनलाई प्राथमिकता दिएको छ।

बजेटले सामाजिक, आर्थिक र भौतिक विकासलाई केन्द्रमा राखेर नगरवासीको अपेक्षा सम्बोधन गर्ने लक्ष्य लिएको छ। यसका प्रमुख उद्देश्यहरूमा गुणस्तरीय स्वास्थ्य र शिक्षा सुनिश्चित गर्ने, सूचना प्रविधिको उपयोग विस्तार गर्ने, दिगो पूर्वाधार निर्माण गर्ने, सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धन गर्ने, कृषि र पशुपालनको व्यवसायीकरण गर्ने, उद्यमशीलता र स्वरोजगारी सृजना गर्ने, र बजेट प्रणालीमा सुधारमार्फत सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गर्ने छन्। प्राथमिकताहरूमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, वातावरण संरक्षण, पर्यटन, स्वच्छ पानी, सार्वजनिक जग्गा संरक्षण, सुशासन, सांस्कृतिक संरक्षण, उद्यमशीलता, र समावेशी विकास समेटिएका छन्।

सामाजिक विकासअन्तर्गत स्वास्थ्य र शिक्षामा उल्लेख्य जोड दिइएको छ। स्वास्थ्यतर्फ प्रसूति पोषण भत्ता, स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, खोप र औषधि आपूर्ति, आयुर्वेदिक चिकित्सा, र मनोसामाजिक स्वास्थ्य कार्यक्रमका लागि बजेट छुट्याइएको छ। शिक्षातर्फ सामुदायिक विद्यालयको सुदृढीकरण, विद्यालय स्वास्थ्य शिक्षा, र छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

भौतिक पूर्वाधार विकासमा सडक, ढल र खानेपानी व्यवस्थापनका लागि ३२ करोड ५० लाख र बहुवर्षीय आयोजनाका लागि १२ करोड ५० लाख विनियोजन गरिएको छ। “सुज्यालो नगर” कार्यक्रमअन्तर्गत सडक बत्ती जडान, पोल स्थानान्तरण र महसुल भुक्तानीका लागि २ करोड ५० लाख, “सुरक्षित नगर” का लागि सिसीटिभी जडानमा १ करोड, र स्वच्छ पिउने पानी प्रत्येक घरमा पुर्‍याउन ३ करोड विनियोजन गरिएको छ। बसपार्क, खेलमैदान, मन्दिर, सामुदायिक भवन मर्मत, फोहोरमैला व्यवस्थापन संरचना, र साइकल मार्ग निर्माणका लागि पनि बजेट व्यवस्था गरिएको छ।

पर्यटन र उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिइएको छ। पर्यटनतर्फ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग समन्वय, जीप सफारी सम्भाव्यता अध्ययन, सनसेट भ्यू प्वाइन्ट निर्माण, र होटल अनुगमनका लागि १ करोड १३ लाख छुट्याइएको छ। उद्यमशीलतातर्फ औद्योगिक ग्राम र इनक्युबेसन सेन्टर निर्माणका लागि १ करोड र उद्यमशीलता विकासका लागि १० लाख विनियोजन गरिएको छ।

वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि ४ करोड ४४ लाख विनियोजन गरिएको छ। यसमा नगर सरसफाइ, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवर्द्धन, जैविक विविधता अध्ययन, र जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम समावेश छन्। रोजगारी र श्रम क्षेत्रमा रोजगार सेवा केन्द्र सञ्चालन, व्यवसायिक तालिम, डिजिटल रोजगार मेला, र श्रमिक दर्ताका लागि २५ लाख, साथै श्रम डेस्क सशक्तीकरण, परम्परागत सीप संरक्षण र श्रम अनुगमनका लागि ४० लाख छुट्याइएको छ।

विपद व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बाढी, पहिरो, आगलागी, र महामारी नियन्त्रणका लागि कोष स्थापना, सामग्री भण्डारण, र तालिमका लागि १ करोड विनियोजन गरिएको छ। सुशासन र प्रशासनतर्फ कर्मचारी पारिश्रमिक, तालिम, डिजिटल सेवा विस्तार, फाइल ट्र्याकिङ, अनलाइन सिफारिस र नगर प्रहरीका लागि सामग्री खरिदसहित ४० करोड १० लाख, सूचना प्रविधि र सञ्चारका लागि २ करोड ५० लाख, र न्यायिक समिति तथा मेलमिलाप केन्द्र सञ्चालनका लागि ५० लाख विनियोजन गरिएको छ।

वडा कार्यालयहरूका लागि प्रत्येक वडालाई ३ करोडका दरले ३९ करोड विनियोजन गरिएको छ। यसमा पूर्वाधार, खानेपानी, सरसफाइ, सामाजिक र आर्थिक विकासका कार्यक्रम समावेश छन्। नगर उपप्रमुख लामाले आन्तरिक आय वृद्धिमा दबाब, चालु खर्चको बोझ, अपर्याप्त स्रोत, र बढ्दो जनसंख्याको सेवा मागलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरिन् । राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको र पर्यटकीय सम्भावनालाई पूर्ण उपयोग गर्न नसकिएको स्वीकार गर्दै डिजिटल राजस्व सङ्कलन, करदाता शिक्षा, र नयाँ स्रोत पहिचानमा जोड दिइएको छ।

बजेट कार्यान्वयनमा सुधारका लागि ठूला आयोजनालाई प्राथमिकता, पहिलो चौमासिकमा ठेक्का व्यवस्थापन, अनुगमन सुदृढीकरण, उपभोक्ता समितिको क्षमता विकास, साना आयोजनाको जिम्मेवारी हस्तान्तरण रोक्ने, प्राविधिक प्रयोगशाला स्थापना, र परियोजना बैंक कार्यान्वयन प्रस्ताव गरिएको छ। चालु खर्चमा मितव्ययिता र प्रशासनिक संरचना छरितो बनाउने नीति अवलम्बन गरिएको छ।

“स्मार्ट सिटी” को अवधारणालाई आत्मसात् गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, र पर्यटनमा लगानी वृद्धि गरेको छ। औद्योगिक ग्राम, फुटबल मैदान, खानेपानी व्यवस्थापन, र सांस्कृतिक प्रतिष्ठान जस्ता गौरवका आयोजनाले नगरलाई आधुनिक र समृद्ध बनाउने अपेक्षा गरिएको छ। नगर उपप्रमुख लामाले सङ्घ, प्रदेश, जनप्रतिनिधि, निजी क्षेत्र, र नागरिक समाजको सहयोगमा बजेट कार्यान्वयनले बूढानीलकण्ठलाई समृद्धिको नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिन्

यो बजेटले सुशासन, समावेशी विकास, र पर्यटकीय सम्भावनालाई प्राथमिकता दिँदै बूढानीलकण्ठलाई “स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय” बनाउने दिशामा ठोस कदम चालेको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताए । प्रभावकारी अनुगमन र नागरिक सहभागिताले यो दृष्टिकोण साकार हुने अपेक्षा रहेको भन्दै उनले संघ, प्रदेश र स्थानीय सरोकारवालाको सहकार्यमा यो बजेटले नगरको दीर्घकालीन समृद्धिको आधार तयार गर्ने विश्वास लिइएको बताए ।