२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली भन्सार कार्यालयका प्रमुखमाथि कुटपिट : ट्रेड युनियनद्वारा निन्दा, दोषीमाथि कडा कारबाहीको माग

अ+ अ-

काठमाडौँ । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि भएको कुटपिटको घटनाप्रति नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियनले गम्भीर आपत्ति जनाउँदै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।

२०८२ जेठ १० गते राति करिब १० बजे कैलाली भन्सार कार्यालय परिसरमा कार्यरत तिम्सिनालाई धनगढी उपमहानगरपालिकाका नगर प्रहरी लक्ष्मणसिंह धामीसहित ५–७ जनाको समूहले निर्घात कुटपिट गरेको ट्रेड युनियनहरूले जनाएका छन्। विज्ञप्तिअनुसार, घटना सीसीटीभी क्यामेराको निगरानीमा रहेको स्थानमा भएको थियो। कुटपिट गर्ने समूहले तिम्सिनालाई क्यामेराको दायराबाहिर लगेर हात र खुट्टाले प्रहार गरी घाइते बनाएको उल्लेख छ।

नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियनको अर्थ मन्त्रालय विभागीय कार्यसमितिले संयुक्त विज्ञप्ति जारी गर्दै यो घटनालाई अमानवीय र कानुनविपरीत भन्दै घोर निन्दा र भर्त्सना गरेको छ। भन्सार कार्यालयजस्तो संवेदनशील निकायमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी कर्मचारीमाथि आक्रमण गर्नु अक्षम्य भएको उनीहरूको ठहर छ।

संगठनहरूले दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न र कर्मचारीहरूको कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन्। साथै, दोषीमाथि कारबाही नभएमा अर्थ मन्त्रालय, भन्सार, आन्तरिक राजस्व विभाग र देशभरका सम्बन्धित कार्यालयहरूको सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

विज्ञप्तिमा नेपाल निजामती कर्मचारी संगठनका सचिव विनोद सुवेदी र नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष खेमेन्द्रमणि घिमिरेले हस्ताक्षर गरेका छन्। ट्रेड युनियनहरूले कर्मचारीको मनोबल उच्च राख्न र सुरक्षित कार्यस्थलको वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।