३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ सहसचिव पौडेलको नाम सचिव बढुवाका लागि सिफारिस

अ+ अ-

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव (विशिष्ट श्रेणी) पदका लागि वरिष्ठ सहसचिव सोभाकान्त पौडेलको नाम सिफारिस गरेको छ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पौडेलको नाम सिफारिस गरेको हो। निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकन (८० प्रतिशत) र ज्येष्ठता (२० प्रतिशत) का आधारमा हुने बढुवा प्रक्रियामा चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा एक जना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ। सोहीअनुसार सबैभन्दा ज्येष्ठ सहसचिव पौडेलको नाम सिफारिस भएको हो।

आज साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ। उनलाई प्रदेशमा प्रमुख सचिवको रूपमा पदस्थापन गरिनेछ भने रिक्त सचिव पदमा प्रदेश प्रमुख सचिवहरूमध्येबाट एक जनालाई संघमा ल्याइनेछ।

सोही बैठकले सचिव बढुवा सिफारिसमा पहिलो नम्बरमा रहेका एक वरिष्ठ सहसचिवलाई निमित्त प्रदेश प्रमुख सचिवमा नियुक्त गर्न सक्नेछ। ती सहसचिवलाई संघमा आउने प्रदेश प्रमुख सचिवको स्थानमा पदस्थापन गरिनेछ।

पर्यटन सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएपछि रिक्त भएको सचिव पदमा पौडेलको बढुवा हुन लागेको हो।

सम्बन्धित समाचार : सचिव विनोदप्रकाश सिंह अवकाश

यसैबीच, थप एक रिक्त सचिव पदका लागि पनि बढुवा प्रक्रिया सुरु हुँदैछ। आगामी मन्त्रिपरिषद् बैठकले यही वैशाख २९ गते अनिवार्य अवकाशमा गएका महालेखा नियन्त्रक (सचिव) गणेशप्रसाद पाण्डेको स्थानमा अर्का एक वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ।

सम्बन्धित समाचार : सचिव गणेशप्रसाद पाण्डे अवकाश

प्रतिक्रिया दिनुहोस