काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले अध्यादेश मार्फत सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनको बाटो खोलेको थियो । सोही अनुसार संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न प्राधिकरण स्थापना गरिएको हो ।
प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा स्थापना गरिएको छ ।