काठमाडौँ । वीर अस्पतालले उपचारमा छुट लिएका बिरामीको विवरण सार्वजनिक गर्न थालेको छ । सामाजिक इकाईबाट छुट लिएका बिरामीको नाम र परीक्षण गर्दा लिएको छुटको विवरण समेत राखेर सार्वजनिक गरिएको हो ।
उपचारमा गरिब, विपन्न, अपांगता भएका वर्गलाई सहुलियत दिने भए पनि पहुँचवाला व्यक्तिले त्यसको लाभ उठाइरहेकाले यस्तो कदम चालिएको अस्पताल प्रशासनले जनाएको छ ।
एमआरई, सिटीस्क्यान, आईसीयू बेडको चार्ज, शल्यक्रिया लगायतका सेवा पनि निःशुल्क लिन खोजेपछि यस्तो कदम चालिएको हो ।
वीर अस्पतालले गत कात्तिक महिनाको विवरण सार्वजनिक गरेको छ । जसमा २०० देखि ३४ हजार २०० रुपैयाँसम्म छुट लिएका व्यक्तिको विवरण उल्लेख छ ।







