काठमाडौँ । कर्मचारी अभावमा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङले सबै सेवा बन्द गरेको छ।
वडाध्यक्ष जंगबहादुर गुरुङका अनुसार कार्यालयबाट प्रवाह हुने प्रशासन, पञ्जिकरण र सामाजिक सुरक्षा नवीकरणका काम बन्द गरिएको छ । कर्मचारी अभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि वडा कार्यालयको सेवा बन्द रहने वडाध्यक्षले बिहीबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
गाउँपालिकाले वडा कार्यालयमा कर्मचारी नपठाएको वडाध्यक्षको गुनासो छ। गाउँपालिका अध्यक्ष दीपक देवकोटाले भने वडा कार्यालयमा कर्मचारी पठाइएको दाबी गरेका छन्।
वडाध्यक्षले निकालेको सूचना








