२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक तथा कर्मचारीहरूले १५ दिनभित्र दलको सदस्यता त्याग्नुपर्ने

अ+ अ-

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरूलाई कुनै राजनीतिक दलको कार्यकारी पदमा बसेको वा सदस्यता लिएको भए १५ दिनभित्र राजीनामा दिई सो को जानकारी गराउन सूचना जारी गरेको छ ।

शिक्षक तथा कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने गाउँ शिक्षा समितिको बैठकबाट निर्णय भएको सूचनामा उल्लेख छ । गाउँपालिकाले बिहीबार सूचना जारी गरी शिक्षक तथा कर्मचारीलाई दलको सदस्यता त्याग्न १५ दिनको समय दिएको हो ।

‘गाउँपालिका भित्रका विद्यालयहरूमा कार्यरत कुनै पनि शिक्षक-कर्मचारीहरूले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेको वा सदस्यता लिएको भए १५ दिनभित्र सम्बन्धित राजनीतिक दलबाट राजीनामा दिई सो को जानकारी यस कार्यालयमा पेस गर्न र पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धी उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने भनी गाउँ शिक्षा समितिको मिति २०८१/०१/२४ को बैठकबाट निर्णय भएको हुँदा सोही बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,’ शिक्षा अधिकारी सरस्वती भण्डारीद्वारा जारी सूचनामा भनिएको छ, ‘कपुरकोट गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरू कुनै पनि राजनैतिक दलको सक्रिय सदस्यता लिइएको वा कार्यकारी पदमा क्रियाशील रहेको भएमा निजहरूलाई उल्लेखित पदहरूबाट राजीनामा गराइ सो को जानकारी पालिकालाई गराइ सार्वजनिक शिक्षा तथा सेवा प्रवाहलाई निष्पक्ष र मर्यादित बनाउन महत्त्वपूर्णमा सहयोगको लागि हार्दिक अनुरोध छ ।’