२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामग्राम स्तुपमा जियोफिजिक्स सर्भे : प्राचीन पोखरी र विहार फेला

अ+ अ-

नवलपरासी । भगवान् गौतमबुद्धको अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तुपमा प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेका छन् ।

नवलपरासी– (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–७, उजैनी रामग्राम स्तुप क्षेत्रमा गरिएको जियोफिजिक्स (भूभौतिक) सर्भेको क्रममा भगवान् गौतमबुद्धसँग सम्बन्धित प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेको हो ।

भगवान् गौतमबुद्धका सातवटा अष्ठधातुमध्ये एउटा मात्र सिंगो अष्ठधातु यस रामग्राम स्तुप क्षेत्रमा रहेको बताइन्छ । रामग्राम स्तुपमा १९ वर्षपछि बल्ल जियोफिजिक्स सर्भे गरिएको हो ।

सर्भेका क्रममा स्तुपको उत्तरपश्चिम कुनादेखि केही मिटर बाहिर ४० मिटर लम्बाई र २५ मिटर चौडाई आकारको प्राचीन पोखरी र करिब ६० मिटर लम्बाइ र ३० मिटर चौडाइको प्राचीन विहारको भग्नावशेष फेला परेको लुम्बिनी विकास कोषका पुरातत्वविद् कृष्ण केसीले जानकारी दिए ।

बेलायतको डुरह्याम विश्वविद्यालय र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले सर्भे गरेको हो । जमिनमुनिको एकदेखि डेढ मिटर सतहमा रहेका वस्तु अवशेष, पुरातात्विक भवन, प्राचीन पोखरी, सडकलगायतको संरचनाको नोक्सान नहुनेगरी पत्ता लगाउन यो सर्भे गरिएको थियो ।

यो कार्य बृहत्तर लुम्बिनीको अध्ययन अन्वेषणको क्रममा सन् २०११ देखि लुम्बिनी, कपिलवस्तुलगायतका स्थानमा गरिँदै आएकोमा यस वर्ष रामग्राममा गरिएको हो ।

अहिलेको सर्भेबाट फेला परेको यो महत्वपूर्ण उपलब्धि भएको अनुमान गरिएको छ । यसबाट अव आगामी दिनमा रामग्राम स्तुप क्षेत्रमा हुने उत्खनन तथा अन्वेषणमा सहज हुने केसीले जानकारी दिए ।

यो सर्भेले स्तुप क्षेत्रमा कहाँ के संरचना छन् भन्ने थाहा हुन्छ । यसअघि सन् १९ वर्षअघि १९९९ मा स्तुपाको पश्चिमतर्फ सोही सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो ।

त्यसबेला सो स्थानमा रहेका केही जग्गा निजी व्यक्तिका भएकाले त्यसलाई अगाडि नबढाएको तर अहिले कोषले जग्गा किनिसकेकाले अब त्यसको संरक्षण हुने कोषका पुरातत्वविद् केसीको भनाइ छ ।

बेलायतको डुरह्याम विश्वविद्यालयका जियोफिजिक्स सर्भे विज्ञ प्रोफेसर डंकनको नेतृत्वमा रामग्राम स्तुप क्षेत्रमा सर्भे गरिएको हो । यसैगरी, स्तुपकोे वरपरका खेतमा अहिले पनि भगवान् गौतमबुद्धसँग सम्बन्धित पुरातात्विक महत्वका इँटालगायतका वस्तु भेटिने गरेका छन् ।

आगामी वर्ष स्तुप वरपरको क्षेत्रमा बृहत् सर्भे गरेर उत्खननलाई अगाडि बढाउने लुम्बिनी विकास कोषले जनाएको छ, जसबाट अब रामग्राम स्तुपको विकास तीव्रगतिमा हुने आशा पलाएको छ ।

रामग्राम स्तुपका ज्ञाता नारद यादवका अनुसार अहिले फेला परेका भनिएका पोखरीबाहेकका अन्य भग्नावशेष विसं २०५९ मा गरिएको पछिल्लो उत्खननमै भेटिएका थिए ।

त्यसबेलाको उत्खननमा पूर्वी क्यानल निस्केको र त्यसैको नजिकमा इनार पनि देखिएको यादवको भनाइ छ । रामग्राम स्तुपमा वि.सं. २०५४ देखि उत्खनन शुरु गरिएको थियो । तर त्यसपछि लामो समयसम्म उत्खनन नभएकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्दैआएका छन् ।

उत्खनन नहुँदा रामग्राम स्तुप महत्वपूर्ण भएर पनि ओझेलमा परेको छ । तर हाल लुम्बिनी विकास कोषले रामग्रामको विकासमा सामान्य चासो देखाएपछि रामग्रामको थप विकास हुनेमा स्थानीयबासी आशावादी बनेका छन् ।

रामग्राम स्तुप र पण्डितपुरमा उत्खननमा भेटिएका प्राचीन पुरातात्विक वस्तु यस क्षेत्रमै संग्रहालय बनाएर राख्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् । यता लुम्बिनी विकास कोषले रामग्रामको विकासमा विशेष चासो दिँदै आएको जनाएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्य (अवशेष तिवारी) ले आफ्नो पाँच वर्षे कार्यकालमा लुम्बिनीसहित रामग्राम र तिलौराकोटको विकासमा विशेष ध्यान दिने बताए ।

रामग्राम स्तुप क्षेत्रको विकास कसरी गर्ने भन्ने विषयमा यस क्षेत्रका जनप्रतिनिधि तथा स्थानीय सरोकारवालालाई भेला गरेर बृहत् सुझाव संकलन गरी स्तुपको विकासको गुरुयोजना बनाएर विकासलाई प्राथमिकता दिने कोषका उपाध्यक्ष भिक्षु मैत्यको भनाइ छ ।

लुम्बिनीमा वार्षिक १५ लाख पर्यटक पुग्दा रामग्राम स्तुपमा कम्तीमा पनि आठ लाख पर्यटकलाई भित्र्याउन सक्नेगरी योजना बनाउन आफू लागिपरेको उपाध्यक्ष भिक्षु मैत्यले जानकारी दिए ।

यसअघिका उपाध्यक्षले रामग्रामलाई खासै चासो नदिएकोमा यसपटक नियुक्त हुनुभएका उपाध्यक्ष भिक्षु मैत्यले रामग्रामप्रति केही चासो देखाएपछि रामग्रामवासीमा अब रामग्रामको विकास हुनेमा आशा पलाएको छ ।

0 Comments