सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ।

बिहीबार संसद् सचिवालयमा भेटवार्ता भएको सभामुखको सचिवालयले जनाएको छ।

दाहाल फागुन २९ गते सत्ता गठबन्धनको तर्फबाट राष्ट्रियसभा अध्यक्ष निर्वाचित भएपछि सभामुखसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुवै सदनलाई प्रभावकारी बनाएर लैजानेलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस